काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी समर्थित युवा र विद्यार्थी संगठनहरुले डा गोविन्द केसीको माग सम्बोधन गर्नका लागि नीजि क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजहरुलाई राष्ट्रियकरण वा गैरनाफामूलक ट्रष्टमा रुपान्तर गर्न माग गरेका छन्।
आइतबार नौं बुँदे धारणा र मागहरु सार्वजनिक गर्दै पूर्व एमाले र माओवादी निकट र हाल एकीकरण प्रक्रियामा रहेका चार संगठनले सबै प्रदेशमा सुविधा सम्पन्न अस्पताल सञ्चालन गर्न माग गरेका हुन्।
वाइसियलका अध्यक्ष रामप्रसाद सापकोटा, युवा संघका अध्यक्ष रमेश पौडेल, अनेरास्ववियु र अनेरास्ववियुका (क्रान्तिकारी)का अध्यक्षद्वय क्रमशः नविना लामा र रञ्जित तामाङले जारी गरेको विज्ञप्तिमा छात्रवृत्ति पारदर्शी तवरले वितरण गर्न माग गरिएको छ।
विज्ञप्तिको पूर्णपाठः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।