काठमाडौं– पार्किङ गरिराखेको स्कुटर चोरी गर्ने २ जना रंगेहात पक्राउ परेका छन्।
ललितपुर ग्वार्को बस्ने धनगढी चौराहा–४ घर भएका १८ वर्षीय शिखर रेग्मी र भक्तपुर कमलबिनायक घर भएका १८ वर्षीय उत्तमराज बिष्टलाई स्कुटर चोरी गरिरेहेको अवस्थामा प्रहरीले शनिबार पक्राउ गरेको हो।
शंखमुल स्थित सडकमा पार्किङ गरी राखेको बा ३० प १८५३ र बा ४४ प ३१०४ नम्बरको स्कुटर चोरी गरिरहेको अबस्थामा प्रहरीले उनीहरुलाई फेला पारी पक्राउ गरेको हो। उनीहरु उपर चोरी मुद्दामा कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।