काठमाडौं– न्याय परिषद्ले उच्च अदालतका ७९ न्यायाधीशको सरुवा गर्न कायममुकायम प्रधानन्यायाधीश दिपकराज जोशीसमक्ष सिफारिस गरेको छ। आज बसेको परिषद्को बैठकले उनीहरुको सरुवा गर्न सिफारिस गरेको हो।
नेपालको संविधानको धारा १४३ को उप–धारा (२) तथा न्याय परिषद् ऐन, २०७३ को दफा २७ बमोजिम परिषद्ले उच्च अदालतका न्यायाधीश सरुवाको सिफारिस प्रधानन्यायाधीश समक्ष गर्ने उल्लेख छ। सोही व्यवस्था अनुसार उच्च अदातलमा २ वर्षदेखि कार्यरत रहेका न्यायाधीशहरुको सरुवा गर्न सिफारिस गरिएको परिषद्ले जनाएको छ।
जोशी कायममुकायम प्रधानन्यायाधीश रहेकै अवस्थामा न्यायाधीशको सरुवाका लागि परिषद्ले सिफारिस गर्ने निर्णय गरेको हो।
प्रधानन्यायाधीशमा नियुक्तिका लागि जोशीमाथि संसदीय सुनुवाइको प्रक्रिया जारी छ।
असार मसान्त समाप्त भएकाले २ वर्ष पदावधि पुगेका न्यायाधीशहरुको नियमित सरुवा भएको परिषद्ले जनाएको छ।
सरुवा गर्न सिफारिस न्यायाधीशको सूची:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।