काठमाडौं– ‘गुगल ब्वाई’ का नामले चिनिएका आदित्य दाहालबारे लेखिएको पुस्तकको प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली तथा नेकपाका अर्का अध्यक्ष प्रचण्डले संयुक्त रुपमा विमोचन गरेका छन्। आदित्य संरक्षण प्रतिष्ठानले आयोजना गरेको ‘कलियुगको आदित्य ज्योतिषपथ’ नामक पुस्तकको शनिबार बिमोच गरिएको हो।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आदित्य दाहालको प्रतिभा विज्ञानको लागि खोजीको बिषय भएको बताए।
प्रधानमन्त्री ओलीले आदित्य दाहालमा गुरु र स्रोत बिना नै ज्ञान प्राप्त हुनु आफैं आश्चर्यजनक भएको भन्दै आदित्यको दार्शनिक श्रृंखला,चिन्तन प्रक्रिया धार्मिक प्रक्रियासँग मेल नखाने बताएश्र
आदित्यलाई आफ्नो ढंगले सोच विचार गर्न दिने र त्यो ज्ञानलाई प्रकट हुने वातावरण बनाइदिनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । “आदित्यको शारिरीक मात्र होइन ज्ञानको पनि सुरक्षा हुनु आवश्यक छ” प्रधानमन्त्री ओलीले भने “यसका लागि सरकारले सहयोग गर्न तयार छ।’
ओली र प्रचण्डसहित संस्कृतीविद् सत्यमोहन जोशीले पुस्तक संयुक्त रुपमा विमोचन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।