काठमाडौं– बागमती सफाई महाअभियानको २७१औं हप्ताको सफाई अभियान शनिबार सम्पन्न भएको छ। २७१ औं हप्तामा स्काभेटरबाट फोहोर सफाई गरिएको छ।
आजदेखी स्काभेटर र फोहोर ब्यबस्थापनको लागी २ वटा ट्याक्टर लगायतका औजार खरीद गरी औपचारीक रुपमा सञ्चालनमा ल्याईएको छ। यसबाट फोहोर हटाउन र व्यवस्थापन गर्न थप सहज हुने छ।
२०७० साल जेष्ठ ५ गतेबाट सुरु भएको अभियानमा हालसम्म करिब १५ हजार मेट्रिकटन फोहोर ब्यबस्थापन भइसकेको छ। अभियानमा करिब १० लाख ब्यतिm सहभागी भइसकेका छन्।
बागमती नदीलाई बैज्ञानिक किसिकले सफाई शुरुवात गरौं भन्ने अभियन्ताहरुको लामो समयदेखीको माग बमोजीम स्काभेटरमार्फत सफाई सुरु गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत बिकास समिति अध्यक्ष नरेन्द्र बहादुर बस्नेतले बताए।
जबसम्म बागमती सफा हुदैन तबसम्म यो अभियान संचालन जारी रहने अभियन्ता चक्रबहादुर चन्द बताउँछन्।
हरेक हप्ताको शनिबार राष्ट्रका नाममा २ घण्टा भन्ने नारा रहेको यो अभियान हरेक शनीबार बिहान ७ बजे शुरु भै ९ बजेसम्म संचालन हुदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।