काठमाडौं – फिल्म ‘ब्ल्याक’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो लागी’ बोलको उक्त गीतमा सुगम पोखरेल र अन्जु पन्तले स्वर दिएका छन्। महेश खड्काको संगीत रहेको गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आकाश श्रेष्ठ र आँचल शर्मा फिचरिङ छन्।
रोमान्टिक मुडको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ। लभस्टोरी जनराको फिल्मको यसअघि रिलिज, पल पल हरपल बोलको गीतले पनि बजारमा राम्रो चर्चा पाएको छ । प्रदिप श्रेष्ठ निर्देशित फिल्मलाई आश्मा पाण्डेले निर्माण गरेकी हुन्।
फिल्ममा आयुष रिजाल, सुशिल क्षेत्री, धिरेन शाक्य र प्रिया रिजाललगायतका कलाकारहरुको अभिनय रहेको छ। फिल्मलाई वितरक गोविन्द शाही, उज्जल पौडेल र मनोज राठीले वितरणको जिम्मा लिएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।