एजेन्सी– गत शुक्रबारबाट प्रर्दशनमा आएको फिल्म धडकले यतिबेला उत्कृष्ट ब्यापार गरिरहेको छ। चर्चित बलिउड अभिनेत्री श्रीदेवीको जेठी छोरी जाह्न्वीको पहिलो फिल्म भएकाले पनि फिल्म दर्शकमाझ पर्खाइको बिषय बनेको थियो ।
भारतीय बक्स अफिसमा फिल्मले प्रदर्शनको पहिलो दिन ८ करोड ७१ लाखको ब्यापार गरेको छ। यो रेकर्ड फिल्म करण जोहर निर्देशित फिल्म ‘स्टुडेन्ड अफ द इयर’को कमाई भन्दा बढी हो।
फिल्म ‘स्टुडेन्ट अफ द इयर’बाट फिल्म उद्योगमा पाइला टेकेकी अभिनेत्री आलिय भट्टलाई पनि जाह्न्वीले कमाईका हिसावमा पछाडी पारेकी हुन्। फिल्म धडकले नव कलाकारहरुको डेब्यु फिल्म मध्येकै सर्वाधिक कमाई गर्न सफल भएको पनि भारतीय सञ्चार माध्यमले जनाएका छन्।
फिल्ममा जाह्न्वीका साथमा इसान खट्टर लगायतकाे अभिनय रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।