काठमाडौं– नेपालले अफ्रिकी मुलुक रुवान्डासँग कूटनीतिक सम्बन्ध स्थापना गरेको छ। शुक्रबार न्यूयोर्कमा त्यससम्बन्धि समझदारीपत्रमा हस्ताक्षर भएको छ।
संयुक्त राष्ट्र संघका नेपालका लागि स्थायी प्रतिनिधि दुर्गा प्रसाद भट्टराई र रुवान्डाकी स्थायी प्रतिनिधि भ्यालेन्टाइन रुग्वाबिजाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। रुवान्डा नेपालको कूटनीतिक सम्बन्ध गाँसिएको १ सय ६१ औं मुलुक हो।
रुवान्डा भूगोल र जनसंख्याको हिसाबले सानो देश हो। २६ हजार ३ सय ३८ क्वायर किलोमिटर क्षेत्रफल भएको रुवान्डामा करिब १ करोड १० जनसंख्या छ।
नेपाल र रुवान्डा दुवै अल्पविकसिमत तथा भूपरिवेष्ठिक देश हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।