विराटनगर– जिल्ला प्रशासन कार्यालय मोरङले आर्थिक वर्ष २०७४/०७५ मा १० हजार २ सय ७० राहदानी जारी गरेको छ। सो अवधिमा पुरुषतर्फ ७ हजार ७ सय ५३ र महिलातर्फ २ हजार ५ सय १७ जनाले राहदानी लिएको राहदानी शाखाले जनाएको छ।
यस्तै द्रुत राहदानीका लागि पुरुषतर्फ १ हजार ७ सय ९० र महिलातर्फ १ हजार २ सय ७५ जनालाई सिफारिस गरिएको पनि जनाइएको छ।
गत आवमा राहदानीबाट कूल ४ करोड ४७ लाख २२ हजार ५ सय राजस्व संकलन गरेको लेखापाल होमराज बस्नेतले बताए।
यसै अवधिमा १५ हजार ९ सय ४१ थान नेपाली नागरिकतासमेत वितरण गरिएको छ।
वितरित नागरिकतामा वंशज प्रकृतिका १५ हजार ३ सय ५३ तथा वैवाहिक सम्बन्धका ५ सय ८८ थान छन्। जिप्रका नागरिकता शाखाका अनुसार वंशजतर्फ नागरिकता लिनेमा पुरुष ७ हजार ४ सय ३६ र महिला ७ हजार ९ सय १७ जना छन्। सो अवधिमा २ वटा मात्रै नागरिकता रद्द गरिएको नागरिकता शाखाका रोशन श्रेष्ठले बताए।
यसैगरी कार्यालयमा सार्वजनिक अपराध, हातहतियार एवं खरखजाना, सवारी क्षतिपूर्ति र खाद्यतर्फ न्यून गुणस्तरका गरी ५ सय १२ मुद्दा दर्ता भएको मुद्दा शाखाले जनाएको छ। सो अवधिमा अघिल्लो वर्षको जिम्मेवारी सरेर आएका मुद्दा २ सय ८० थान गरी कूल ७ सय ९२ थान मुद्दा फैसला भइसकेको बताइएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।