काठमाडौं– डा. गोविन्द केसीको अनशनप्रति ऐक्यबद्धता बढ्दै गएको छ। अभिनेत्री तथा नयाँ शक्ति पार्टीकी नेतृ करिश्मा मानन्धरले समेत अनशनप्रति ऐक्यबद्धता जनाएकी छिन्।
शुक्रबार शिक्षण अस्पताल महाराजगञ्जमा पुगेर उनले डा केसीलाई भेटेकी हुन्। उनका माग जायज भएकाले सरकारले पूरा गर्नुपर्ने मानन्धरको भनाई थियो।
बिहीबार डा केसीलाई भेट्न नायिका मनिषा कोइराला पनि पुगेकी थिइन्।
चिकित्सा शिक्षाको क्षेत्रमा सुधारको माग राख्दै डा केसी २१ दिनदेखि अनशनमा छन्। जुम्लामा अनसन बसेका डा केसीलाई सरकारले बिहीबार हेलिकोप्टरमा काठमाडौं ल्याएको थियो।
डा केसीसँगको सरकारको वार्ता अनिश्चित बनेको छ। शिक्षा मन्त्रालयका सचिवको नेतृत्वमा वार्ता टोली गठन गरेपनि त्यसलाई म्यान्डेट दिइएको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।