काठमाडौं- यस साता नेप्से परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ।
साताको पहिलो दिनको कारोबारको तुलनामा अन्तिम दिनको कारोबारमा नेप्से परिसूचक ६ दशमलब ७० अंकले घटेर ११ सय ९३ दशमलब ३९ अंकमा पुगेको छ।
यस साता नेप्सेमा १ सय ८६ कम्पनीको एक अर्ब ४५ करोड ५१ लाख ५७ हजार रुपैयाँ बराबरका सेयर खरिद बिक्री भएका छन्। कारोबार रकम गत साताको भन्दा ३१ दशमलब ३२ प्रतिशतले घटेको छ।
गत साता १ सय ९१ कम्पनीको दुई अर्ब ११ करोड ८८ लाख आठ हजार रुपैयाँ बराबरका सेयर खरिद बिक्री भएका थिए।
समूहगत परिसूचकहरुको उतारचढावः
‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १ दशमलब ३९ अंकले घटेर २ सय ५१ दशमलब ४२ अंकमा आइपुगेको छ। यस साता कारोबार रकमको आधारमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक अग्रस्थानमा रहेको छ। कम्पनीको ३५ करोड ८० लाख १० हजार रुपैयाँ बराबरको संस्थापक सेयरको कारोबार भएको छ।
सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरुः
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।