काठमाडौं– नेपालमा व्यवसाय तथा सामाजिक गतिविधिमा संलग्न एक स्वीस नागरिक बाल यौनदुराचारको आरोपमा पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाले ६६ वर्षिय स्वीस नागरिक पेटेर क्रिश्चियन लान्जेन्डोर्फलाई पक्राउ गरेको हो।
उनले चुच्चेपाटीमा ट्रिगर इन तथा भक्तपुरको दरबार स्क्वायरमा द हेरिजेट इन नामक होटल चलाउँदै आएका छन्। त्यस्तै रसुवामा लाङटाङ एजुकेशन प्रोजेक्ट, एजु–कोर स्वीस नेपाल नामक संस्थाका नाममा समाजसेवाको आवरण समेत लिएका थिए।
फेसबुकमार्फत चिनजान गरेका एक किशोरलाई उनले होटलमा लगेर यौन दुराचार गरेको अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले बताए। पीडितलाई उनले आर्थिक प्रलोभनमा समेत पारेका थिए।
पक्राउ परेपछि उनले आफुले दुव्र्यवहार गरेको स्वीकारेका छन्।
बाल यौन दुराचार एक किसिमको रोग हो। नेपालमा पश्चिमी देशका नागरिकहरु पटक पटक यस्तो अपराधमा पक्राउ पर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।