ढाका- ढाकास्थित नेप्लिज मेडिकल स्टुडेन्ट्स एसोसिएसन बंगलादेशका डेन्टल यूनिटका डाक्टरहरूले नि:शुल्क दन्त शिविरको आयोजना गरेका छन्।
ढाका खिलखेतस्थित कूर्मिटोला हाईस्कूल एन्ड कलेजमा संचालन भएको शिविरमा ६ वटा डेन्टल कलेजका ४५ जना डाक्टर र बिल्टअप अवेरनेस संस्थाका १० जना डाक्टर गरि ५५ जना डाक्टरहरूको उपस्थिति रहेको थिए। शिविरमा ४ सय जनाको सफलतापुर्वक दन्त परिक्षण गरि उपचार गरिएको कार्यक्रम संयोजक एवं आयोजक संस्थाका उपाध्यक्ष रमन कार्कीले बताए।
कार्यक्रमका प्रमुख अतिथिमा नेपाली राजदुतावासका डेप्युटी चीफ धन बहादुर ओलीले आयोजकको प्रसंशा गर्दै आगामी दिनहरुमा पनि यस्ता किसिमका कार्यमा अगाडी बढ्न शुभकामना दिएका थिए।
कार्यक्रम संयोजक रमन कार्कीले यस किसिमका कार्यक्रमहरुलार्इ निरन्तरता दिने बताए।
शिविरमा आयोजक संस्थाबाट उपाध्यक्ष कार्की, सचिब सयिन लाल प्रधान, सदस्यहरु मेघा केसी, जेनिया राइ, श्वेता शर्मा, पुरुषोतम पाण्डे, अविनाश सहनी एवं बिल्टअप अवारनेसका अन्य पदाधिकारीहरुको पनि उपस्थिति रहेको थियो।
शिविरलाई मेडी प्लस र एवेरेस्ट टुर्सले प्रायोजन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।