काठमाडौं–काठमाडौंमा अपराध ३३ प्रतिशतले बढेको छ। यद्यपी जघन्य अपराध घटेको र सार्वजनिक अपराध लगायत साना अपराध बढेको प्रहरीले जनाएको छ।
शुक्रबार गत आर्थिक वर्षको अपराध तथ्याङक सार्वजनिक गर्दै प्रहरीले बैैंकिङ कसुर, साइबर क्राइम, लागूऔषध लगायतका अपराधहरु धेरै बढेको जनाएको छ।
आर्थिक वर्ष २०७३/७४ मा काठमाडौंमा ४ हजार ५ सय ८२ वटा मुद्दा दर्ता भएको थियो। पछिल्लो वर्ष अर्थात् २०७४/७५ मा बढेर ६ हजार ८ सय ४१ पुगेको छ।
९ हजार व्यक्तिविरुद्ध मुद्दा दायर
गत आर्थिक वर्षमा काठमाडौं प्रहरीले ९ हजार एक सय २ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। त्यस्तै ६ सय ९२ जनालाई फरार अभियुक्त बनाएर मुद्दा दायर गरिएको छ।
जाडो भन्दा गर्मी महिनामा धेरै अपराध हुने गरेको प्रहरी तथ्याङक छ। काठमाडौं परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार गत वर्ष साउनमा ३ सय ८९ वटा मुद्दा दायर भएको थियो। जबकी असार महिनामा ८ सय ६७ वटा मुद्दा दर्ता भएको छ। जाडो महिनामा भन्दा गर्मी महिनामा अपराध धेरै हुने गरेको पोखरेलले बताए।
गत फागुनदेखि काठमाडौंमा अपराध बढेको तथ्याङक छ।
हेर्नुहोस् तथ्याङक
३५ गुन्डा पक्राउ
गत वर्षमा गुन्डागर्दीमा संलग्न ३५ जनालाई प्रहरीले पक्राउ गरेको थियो। त्यस्तै ३ वटा पेस्तोल, एउटा रिभल्वर, १४ वटा गोलीसहित ५ जना पक्राउ परेका छन्।
गत वर्षमा काठमाडौंमा तस्करीको १० किलो ७ सय २१ ग्राम सुन बरामद भएको छ। जसमा २२ जना पक्राउ परेका छन्।
जुवा मुद्दामा २ सय ४८ जनामाथि कारबाही भएको छ।
कुन अपराध कति बढ्यो ?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।