राजविराज– सप्तरी सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा सञ्चालित औषधि बिक्रि कक्ष (फार्मेसी)मा बिहीबार राति तोडफोड गरिएको छ।
तिरहुत गाउँपालिकाका ‘बब्लु’ भनिने सञ्जय यादवको नेतृत्वमा आएको ५/७ जनाको समूहले बिक्री कक्षमा तोडफोड गरको अस्पतालका इन्चार्ज सूर्यकान्त झाले बताए । झाका अनुसार यादवले अस्पताल परिसरमै नास्ता र फलफूलको पसल सञ्चालन गर्दै आएका छन्।
तोडफोडबाट कम्प्युटर, फर्निचर तथा ५ हजार मूल्य बराबरका औषधिमा क्षति पुगेको झाको भनाई छ। मदिरा सेवन गरी अस्पताल परिसरमा प्रवेश गरेको समुहले अन्धाधुन्द तोडफोड र कुटपिट गरेको पिडितले बताए।
घटनामा संलग्न यादवविरुद्ध जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिइएको इन्चार्ज झाले बताए। उनले घटनामा संलग्नलाई कारबाही र क्षतिपर्तिको मागसमेत गरेका छन्।
प्रहरीले संलग्नको खोजि भइरहेको बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।