काठमाडाैं– जुम्लामा अनसनरत डा गोविन्द केसीलार्इ बलपूर्वक काठमाडौं ल्याउन खोज्दा भएको झडपमा घाइते प्रहरीलार्इ उपचारका लागि काठमाडौं ल्याइएको छ। बिहीबार गम्भीर घाइते प्रहरी जवान कमल आचार्यलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले नेपालगन्ज पठाएको थियो।
नेपालगन्जमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि उनलाई अाज हेलिकोप्टरबाट काठमाडौं ल्याइएको छ।
घाइते प्रहरीको अवस्था गम्भीर भएपछि थप उपचारका लागि केहीबेर अघि माउन्टेन हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको हो। उनको शिक्षण अस्पताल महाराजगञ्जसँगै रहेको मनमोहन कार्डियो भाष्कुलर सेन्टरमा उपचार भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।