विराटनगर– मोरङ र सुनसरीमा बिहीबार लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।
मोरङको निमुवाबाट १ सय ७० थान नाइट्रोसन ट्याब्लेटसहित सुन्दरहरैचा नगरपालिका–७ का अर्जुन बुढाथोकीलाइ प्रहरीले पक्राउ गरेको छ।
बुढीगंगा गाउँपालिका–४, निमुवामा सवारी चेकजाँच गर्दा उनको साथबाट लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
यसैगरी, सुनसरीको इटहरीबाट २० थान नाइट्रोसन ट्याब्लेटसहित इटहरी २० का दिपेन मगर र अनिल कटुवाल पक्राउ परेका छन। दुबैलाई इलाका प्रहरी कार्यालय इटहरीको टोलीले राती ९ बजेतिर इटहरी–६ स्थित गोल्डेन चोकबाट पक्राउ गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।