विराटनगर– सुनसरीमा साढे २ वर्षका बालकको नालीमा डुबेर मृत्यु भएको छ।
गढी गाउँपालिका–६, सत्यझोडाका इन्द्रलाल उराउका छोरा निर्मलको नालीमा डुबेर मृत्यु भएको हो।
घर नजिकै सडक किनारमा रहेको नालीको डिलमा खेल्दै गरेका बालक अचानक नालीमा खेसेका थिए। उनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय छिटाहाले जनाएको छ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।