लन्डन– इंग्लिस क्लब लिभरपुलले ब्राजिलियन गोलकिपर एलिन्सनसँग कीर्तिमानी रकममा सम्झौता गरेको छ।
इटालियन क्लब रोमाबाट लिभरपुलले ७२.५ मिलियन युरो (९ अर्ब २६ करोड रुपैयाँ) मा सम्झौता गरेको हो। योसँगै एलिन्सन विश्वकै सर्वाधिक महँगा गोलकिपर बनेका छन्।
ब्राजिलका पहिलो रोजाइका गोलकिपर एलिन्सनले गत २ सिजन इटालिएन सिरि ए खेले। २५ वर्षीय उनले गत सिजन रोमाबाट ३७ खेल खेले। ३७ मध्ये उनले १७ खेलमा गोल खाएका थिएनन्। लिभरपुलसँग सम्झौता गरेपछि उनले करिअरको ठूलो फड्को भएको बताएका छन्।
एलिन्सनसँग सम्झौता गरेपछि लिभरपुलका प्रशिक्षक जुर्गेन क्लोपले विश्वकपकै उत्कृष्ट गोलकिपरसँग सम्झौता गरेकाले उत्साहित भएको बताए।
एलिसन्सले म्यानचेस्टर सिटीका गोलकिपर इडर्सनलाई पछि पारेर सर्वाधिक महँगा गोलकिपर बनेका हुन्। गत सिजन म्यानचेस्ट सिटीले बेनिफिकाका गोलकिपर इडर्सनसँग ४० मिलियन युरोमा सम्झौता गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।