काठमाडौं– २० दिनदेखि अनसनमा बसेका डा गोविन्द केसीलाई भेट्न अभिनेत्री मनिषा कोइराला पुगेकी छन्। शिक्षण अस्पतालमा डा केसीलाई भेटेर उनको अनसनप्रति मनिषाले ऐक्यबद्धता जनाएकी छिन्।
विगतमा आफुसँग भएका सम्झौता कार्यान्वायन नगरी मेडिकल माफियालाई फाइदा हुने गरी चिकित्सा शिक्षा बिधेयक सरकारले अघि बढाएको भन्दै उनी जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनसन बसेका थिए।
सरकारले उनलाई बिहीबार जबरजस्ती उठाएर काठमाडौं ल्याएको हो। डा केसीले आफुले कुनै पनि औषधी नलिने र माग पुरा नभएसम्म अनसन नतोड्ने बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।