काठमाडौं– फिल्म 'जय शम्भु'को पहिलो गीत ‘म त परे तिम्रै भरमा’ सार्वजनिक भएको छ।
अमृता नेपालको शब्द रचना, टंक बुढाथोकीको संगीत तथा टंक र अञ्जु पन्तको स्वर रहेको गीतमा फिल्मका अभिनेता अनुपविक्रम शाही र अभिनेत्री वर्षा सिवाकोटी फिचरीङ छन्। गीतको भिडियोमा अनुप र वर्षाको अभिनय निकै जमेको देख्न सकिन्छ। प्रेम भाव बोल्ने यस गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।
रुपेश तामाङको निर्देशन रहेको 'जय शम्भु' आउँदो भदौ १ बाट प्रदर्शनमा आउनेछ। फिल्ममा अनुप र वर्षाका साथै प्रशान्त ताम्राकार, रोशन महर्जन, करुणा पाण्डे, वसन्त भट्ट लगायतको अभिनय रहेको छ।
काठमाडौं र सगरमाथा बेस क्याम्प लगायतका स्थानमा छायांकन गरिएको फिल्म एक्सन लभ स्टोरी जनरामा निर्माण गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।