काठमाडौं–साउन ११ बाट प्रदर्शनको तयारीमा रहेको फिल्म 'रोमियो एन्ड मुना'को रोमान्टिक गीत सार्वजनिक भएको छ। ‘तिम्रै लागि हो’ बोलको गीतको भिडियोमा फिल्मका शीर्ष अभिनेता विनय श्रेष्ठ र अभिनेत्री सृष्टी श्रेष्ठको अभिनय छ।
हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको गीतमा भारतीय गायक गौरव डगोकरले स्वर दिएका छन्। भिडियोमा विक्रम स्वाँरको कोरियोग्राफी छ।
फिल्म 'डाइङ क्यान्डल' निर्देशक नरेशकुमार केसी निर्देशित 'रोमियो एन्ड मुना' म्युजिकल लभ स्टोरी फिल्म हो। सेक्सपियरको 'रोमियो एन्ड जुलियट' र लक्ष्मीप्रसाद देवकोटाको कृति 'मुनामदन'को फिक्सनबाट फिल्म तयार गरिएको फिल्मका निर्देशकले बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।