काठमाडौं– जनपक्षीय माग राखेर अनसनमा उत्रिने डा गोविन्द केसी १५ औं असनमा छन् । नेपालका हरेक शासकले आफू प्रतिपक्षमा हुँदा समर्थन गर्ने गरेका छन् भने सरकारमा हुँदा सास्ति दिने गरेका छन्।
अहिले नेकपा अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गरिरहेका छन् । प्रतिपक्षी दल काँग्रेसका सभापति शेरबहादुर देउवा डा केसीको पक्षमा छन् । नेपाली काँग्रेसले डा केसीको समर्थनमा सदन र सडकमा आवाज उठाइरहेको छ । जबकी देउवा प्रधानमन्त्री हुँदा पनि डा केसी पटक–पटक अनसन बसेका छन्।
वर्तमान सरकारका प्रधानमन्त्री ओली, पूर्व प्रधानमन्त्री देउवाको पालामा मात्रै होइन, काँग्रेसबाट प्रधानमन्त्री बनेका शुशिल कोइराला, तत्कालिन माओवादीका पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराईका पालामा पनि यिनै माग अघि सारेर अनसन बसेका थिए । यसकारण त्यसैले आफूसँग भएको सम्झौता कार्यान्वयन गर्न दबाब दिन अनसन बस्दा प्रतिपक्षी दलले राजनीतिकरण गर्ने घटना नौलो होइन।
काँग्रेस सरकारमा हुँदा हाल सरकारमा रहेको नेकपाको अध्यक्ष पुष्पकमल दाहाल, नेता नारायणकाजी श्रेष्ठ र प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले समेत डा केसीका मागमा यसरी समर्थन गरेका छन्।
नेकपा अध्यक्ष दाहालले त डा केसीको अभियान आम नेपालीकै अभियान भएको बताएका छन् । यसैगरी श्रेष्ठ र रिमालले पनि उनलाई समर्थन गरेका छन्।
हेर्नुहोस् प्रतिपक्षमा रहँदा नेकपाका नेताहरुले डा केसीको पक्षमा सामाजिक सञ्चालमा राखेका धारणा-
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।