काठमाडौं – अभिनेत्री प्रियंका कार्की आफ्नो इंगेजमेन्ट सकिए लगत्तै अमेरिका पुगेकी छिन्। एक सौन्दर्य प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई प्रशिक्षणका लागि उनी त्यहाँ पुगेकी हुन्।
अमेरिकाबाट प्रियंकाको एक तस्बिर यतिबेला भाइरल बनिरहेको छ। अमेरिका पुगे लगत्तै स्वीमिङ पुलमा बसेको एक ‘बोल्ड’ तष्विर सामाजिक सञ्जाल इन्स्टाग्राममा पोष्ट गरेकी छिन्। उक्त तष्बिरमा उनी टु–पिस ड्रेसअपमा रोमान्टीक भावमा प्रस्तुत भएकी छिन्।
आफ्ना प्रेमी आयुष्मान देशराजसँग इन्गेजमेन्ट लगत्तै अमेरिका पुगेकी प्रियंकाको यस प्रकारको खुल्ला स्वभावलाई भने उनका फ्यानले मिश्रित प्रतिकृया दिइरहेका छन्। हुनत प्रियंकाको यो पहिलो ‘बोल्ड प्रस्तुती’ होइन। उनी बेलाबेला यस्ता बोल्ड तस्विरहरुका कारण चर्चामा आइरहन्छिन्।
हुनेवाला सासु तथा बैंकर रविना देसरासँग गत वर्ष स्वीमिङ पुलमा खिलेको उनको हट तस्वीर निकै विवादमा समेत तानिएको थियो।
तर प्रियंकाको यस्तो खुल्ला र बोल्ड ब्यबहारलाई आयुषमानले भने कसरी लिनेहुन् त्यो भने हेर्न बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।