काठमाडौं- नेपाली कांग्रेसले विधान मस्यौदा समिति सदस्यहरुको नाम आज टुंगो लगाउने भएको छ।
बुढानीलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवा निवासमा साँझ बस्ने बैठकले विधान मस्यौदा समितिमा रहनेहरुको नाम टुंग्याउने भएको हो। ९ देखि ११ सदस्यसम्म रहने मस्यौदा समितिमा पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले नाम नदिएपछि अन्तिम रुप लिन सकेको थिएन।
बुधबार बिहान देउवा र पौडेलको भेटपछि नाममा सहमति जुटेको बताइएको छ। मकवानपुरको कार्यक्रम सकेर वीरगन्ज पुगेका रामचन्द्र पौडेल काठमाडौं फर्केलगत्तै सभापति निवासमा शीर्ष नेताहरुको बैठक बस्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।