काठमाडौं- सरकारले चिकित्सा शिक्षा विधेयक संसदमा पेश गर्ने तयारी गरे पनि व्यापक विरोध भएपछि बुधबारको प्रतिनिधिसभा बैठकको कार्यसूचीबाट हटाइएको छ।
सम्भावित कार्यसूचीमा राखिएको विधेयक टेबुल गर्ने प्रस्तावबाट सरकार पछाडि हटेको हो। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले विधेयक फिर्ता लिनुपर्ने माग गर्दै केही दिनदेखि संसद अवरुद्ध गर्दै आएको छ। प्रतिपक्षको अवरोधलाई ध्यान दिँदै विधेयक कार्यसूचीबाट हटाइएको हो।
विधेयक पहिलेकै स्वरुपमा पारित गर्नुपर्ने मुख्य मागसहित डा गोविन्द केसी असार १६ गतेदेखि जुम्लामा आमरण अनसनमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।