काठमाडौं– चर्चित क्रिकेटर सन्दीप लामिछानेको स्वरमा रहेको गीत ‘उदास थियो यो मेरो मन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। लामिछानेकै संगीत तथा विनोद तिमिल्सिनाको शब्द रहेको गीतको भिडियोमा जीवन भट्टराई र सृष्टि खड्काको अभिनय छ।
भिडियो सार्वजनिक कार्यक्रममा सन्दीपले क्रिकेट र संगीत जीवनको पर्याय जस्तै रहेको भन्दै आफू सधैंजसो घर, कोठा र क्रिकेट मैदानमा पनि गीत गुनगुनाउने गरेको सुनाए। बाल्यकालदेखि नै गीत-संगीतप्रति रुची रहे पनि मुख्य काम अर्कातिर रहेकाले गीत रेकर्डिङमा ढिलाइ भएको सुनाए।
पछिल्लो समय पाएको सफलता र साथले उत्साहित बनाएको भन्दै उनले गीत गायनबाट पनि सकारात्मक प्रतिक्रिया पाइरहेको बताए।
भिडियो
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।