कोलम्बो– भारतका महान् क्रिकेटर सचिन तेन्डुलकरका छोरा अर्जुन अन्तराष्ट्रिय डेब्यु खेलमा शून्य रनमै आउट भएका छन्। भारतको अन्डर–१९ टिममा परेका उनी श्रीलंकाको अन्डर–१९ विरुद्धको खेलमा शुन्य रनमै आउट भएका हुन्।
श्रीलङकासँगको युवा टेस्ट खेलमा बलिङतर्फको पनि उनको प्रदर्शन सामान्य रह्यो। ११ ओभर बलिङ गरेका उनले १ विकेट लिएर ३३ रन दिए।
उनी अलराउण्डरका रुपमा टिममा परेका हुन्। पहिलो डेब्यु खेलमा १२ बल खेलेर उनी डकआउट भएका हुन्।
यद्यपी सो खेलमा भारतीय टिमले प्रभावशाली प्रदर्शन गरेको छ। पहिलो इनिङमा श्रीलंका २ सय ४४ रनमै अलआउट भएको थियो। भारतले ८ विकेट बनाएर ५ सय ३० रन बनाएको छ।
सचिनको छोरा भएकै कारण उनलाई टिममा राखिएको भन्दै आलोचना भइरहेका बेला अर्जुनले राम्रो खेल्न सकेनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।