काठमाडौं– नेपाली कांग्रेसले गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीले गर्ने सम्वोधनलाई अवरोध नगर्ने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश संसदको बैठकलाई १२ः४० मा सम्वोधन गर्ने कार्यतालिका छ।
बुधबार बसेको कांग्रेस शिर्ष नेताहरुको बैठकले चिकित्सा शिक्षा विधेयकलाई तोडमोड गरि ल्याइएकोले केन्द्र र सातै प्रदेशका संसद अवरुद्ध गर्ने निर्णय गरेको थियो। प्रदेश संसद अवरोध गर्न सबै प्रदेशमा परिपत्र गरिएको जनाइएको छ।
कांग्रेसबाट गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले प्रधानमन्त्रीको सम्वोधन लगत्तै बैठकमा अवरोध गर्ने बताए।
प्रधानमन्त्रीले यस अघि प्रदेश ५, ३ र १ मा सम्वोधन गरिसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।