काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टिम इंग्ल्यान्डमा हुने टी–२० सिरिज र नेदरल्यान्ड्समा हुने एकदिवसीय सिरिज खेल्न बिहीबार त्यसतर्फ प्रस्थान गरेको छ।
नेपालले आगामी साउन १३ गते इंग्ल्यान्डको लर्ड्समा हुने नेदरल्यान्ड्स र एमसिसीसँग त्रिकोणात्मक टी–२० सिरिज खेल्नेछ। त्यसपछि नेपाल नेदरल्यान्ड्स प्रस्थान गर्नेछ। साउन १६ र १८ मा नेपालले २ खेलको एकदिवसीय सिरिज खेलेर एकदिवसीय खेलमा डेब्यू गर्नेछ।
युरोप भ्रणका लागि प्रस्थान गरेको टिममा १ खेलाडीबाहेक अन्य खेलाडी ४ महिनाअघि जिम्बावेमा भएको एकदिवसीय विश्वकप छनोट खेलेका छन्। टिममा सुवास खकुरेल 'कमब्याक' गरेका छन्। झन्डै तीन वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गरेका विकेटकिपर ब्याट्सम्यान खकुरेलले एकदिवसीय खेलमा डेब्यू गर्ने आसा व्यक्त गरेका छन्। युरोप उड्नुअघि खकुरेलले नेपाल लाइभका सीताराम कोइरालासँग गरेको कुराकानी उनकै शब्दमा :-
चोट लगायतका समस्याले झन्डै तीन वर्ष राष्ट्रिय टिमबाट बाहिर रहुनु पर्यो । मेरा लागि त्यो पीडादायी क्षण थियो। यसबीचमा नेपाली टिमका साथीहरुले जुन सफलता दिलाउनु भयो, त्यसमा भने धेरै खुसी छु। नेपाली टिममा हात पारेको फल खानका लागि भने अवसर पाएको छु। पारस, शक्ति, ज्ञानेन्द्र र बसन्त दाईहरुसँग फेरि खेल्न पाउदा एकदमै खुसी र गर्व लागेको छ।
मेरो इच्छा १० १२ वर्ष रेगुलर खेल्थे थियो। तर त्यसमा विभिन्न कारण बाधक बन्दा धेरै दुख लाग्थ्यो। रेगुरल खेलिरहेको खेलडी विभिन्न कारणबस टिमबाट बाहिर हुँदा धेरै पीडा महसुस हुन्थ्यो। कहिले फर्ममेन्स हुFदैनथियो, कहिले फिटनेटमा समस्या हुन्थ्यो भने कहिले चोटले गर्दा बाहिर बस्नुपर्थ्यो। तर पनि मैले आफूलाई सम्हाले। कप्तान पारस र प्रशिक्षक जगत टमाटासँग सम्पर्कमा हुन्थे। उहाँहरुलाई फिट भएको दिन नेपाली टिममा फर्कन्छु भन्ने आसा देखाउथेँ।
प्रधानमन्त्री कपमा शतक प्रहार गरेपछि सुवास
धेरै मिहिनेत गरेर टिममा फर्किएको छु। टिममा सहि समयमा फर्किएको जस्तो लागेको छ। किनकी नेपालले पहिलो एकदिवसीय खेल खेलेर इतिहास बनाउँदै छ।
टिममा पर्नु भन्दा पनि आफूलाई प्रमाणित गर्नु जरुरी छ। पहिला मैले जस्तो खेलेको थिए त्यसलाई निरन्तर दिन जरुरी छ। बीचमा नेपाली टिमको ओपनिङ चल्न सकेन। त्यो नेपालका लागि दुर्भाग्य हो। ओपनिङमा चल्न सकेको भए यो भन्दा पनि ठूलो सफलता हात पार्थ्यो होला। त्यसैले म चहान्छु ओपनिङमा पहिलाको जस्तै खेल्न सकुँ। नेपालका लागि सधैं भरी योगदान दिन सकुँ।
हामी पहिलो एकदिवसीय खेल खेलेर इतिहास बनाउँदै छौं। त्यसलै यो खेलमा जे गरेपनि रेकर्ड बन्छ। त्यो सबै रेकर्ड मेरो नाममा राख्न चाहन्छु। यसका लागि म सकारात्मक पनि छु र मिहिनेत पनि गरेको छु। आसा छ सबै राम्रो हुनेछ।
विकेटकिपङमा पनि राम्रो गर्ने कोशिस गर्नेछु। मेरो औंलाको चोट देखि सबै समस्याबाट मुक्त भइसकेको छु। खेल्न पाएभने विकेटकिपर ब्याट्सम्यान भएर नै खेल्नेछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।