बुलावायो– पाकिस्तान विरुद्धको तेस्रो एकदिवसीय खेलमा जिम्बावे ६७ रनमै अलआउट भएको छ। बुधबार बुलावायोमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिम जिम्बावे २५.१ ओभरमै अलआउट भएको भयो। खेलमा पाकिस्तान ९ विकेटले विजयी भयो।
एकदिवसीय खेलमा जिम्बावेको यो पाँचौ कम स्कोर हो। यस्तै पाकिस्तानले विपक्षीलाई अलआउट गरेको यो दोस्रो कम स्कोर हो। यसअघि पाकिस्तानले न्युजिल्यान्डलाई ६४ रनमै अलआउट गरेको थियो।
बुधबार जिम्बावेको इनिङ ध्वस्त पार्न पाकिस्तान फहिम असरफले ५ विकेट लिए। मध्यम गतिका बलर असरफले ८.१ ओभरमा २ मेडन राख्दा केवल २२ रन खर्चिए। उनी जिम्बावेविरुद्ध ५ विकेट लिएर केलव २२ खर्चिने पहिलो पाकिस्तानी बलर बने। उनीबाहेक जुनइद खानले २ विकेट लिए।
जिम्बावेका लागि चिभाभाले १६ रन रन जोड्दा हामिल्टन मासाट्काजा र वेलिङटन मासाट्काजाले समान १०–१० रन जोडे।
६८ रनको लक्ष्य पाकिस्तानले १ विकेट गुमाएर ९.५ ओभरमा पार गरेको थियो। पाकिस्तानका इस्मान उलहक गोल्डन डकआउट भएपनि फकर जमानले नटआउट ४३ र बाबर अजामले नटआउट १९ रन बटुले।
लगातार तेस्रो खेलमा जित हात पारेसँगै पाकिस्तानले पाँच खेलको सिरिज पछिल्ला दुई खेल अघि कब्जा गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।