विराटनगर– मोरङको विराटनगरस्थित पाञ्चाली गीत गजल एण्ड रेष्टुरेन्टमा आज बिहान आगलागी हुँदा ६० लाख मुल्य बराबरको क्षति भएको छ।
विराटनगर–१२ स्थित रेष्टुरेन्टमा बिहान करिब ४ बजे आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीमा कम्तिमा ६० लाख बराबरको धनमाल जलेर नष्ट भएको सञ्चालक योगेश श्रेष्ठले बताए।
विद्युत चुहावट भएर आगलागी भएको प्रहरीले अनुमान गरेको छ।
विराटनगर महानगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा डेढ घण्टापछि आगो नियन्त्रण गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।