इस्तानबुल– शरणार्थीहरू चढेको डुङ्गा दुर्घटना हुँदा बुधबार साइप्रसमा कम्तीमा १९ जनाको मृत्यु भएको छ।
साइप्रसको उत्तरी क्षेत्रमा भएको दुर्घटनामा परी अरू ३० जना यात्रु बेपत्ता भएको स्थानीय सुरक्षा अधिकारीहरूले जनाएका छन्।
दुर्घटनामा परेको डुङ्गामा झण्डै १ सय ५० जना यात्रु सवार थिए। तीमध्ये झण्डै १ सय जनालाई उद्धार गरिसकिएको छ।
‘दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ, त्यसैगरी २५ देखि ३० जनासम्म हराइरहेका छन्।,’ एक सुरक्षा अधिकारीले भने।
गम्भीर घाइते भएकालाई हेलिकोप्टरमार्फत् अस्पताल पुर्याइएको छ। बेपत्ता भएकाहरूको खोजी तथा उद्धारका लागि उद्धारकर्ताहरू परिचालन गरिएको छ। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।