धनगढी– अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले कैलालीस्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत गहुँबाली सुपरजोनका प्रमुख रामानन्द यादवलाई २५ हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा बुधबार पक्राउ गरेको छ।
कैलालीको साबिक उदासीपुर गाविस–८ स्थित सुपरजोन कार्यान्वयन इकाइको कार्यालयमा सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुस लिँदै गर्दा यादवलाई पक्राउ गरिएको आयोगको कञ्चनपुरस्थित कार्यालयका प्रमुख ज्ञानेन्द्रप्रसाद ढकालले बताए।
ढकालका अनुसार यादवलाई थप अनुसन्धानका लागि आज काठमाडौँ पठाइने छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।