स्वयम्भुमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

Nepal Live

काठमाडौं– स्वयम्भूमा बुधबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

कंलकीबाट बालाजुतर्फ आइरहेको बा९६प ५९३७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आइरहेको ना६ख ५६४८ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार गोरखा सुलिकोटका ६६ वर्षीय मोहन पनेरु क्षेत्रीको मृत्यु भएको हो।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्तले ट्रकको ठक्करबाट गम्भीर घाइते भएका पनेरुको त्रिवी शिक्षण अस्पताल महाराजगञ्ज लैजाने क्रममा बाटोमा निधन भएको जानकारी दिए।

मोटरसाइकल चालक रौतहटका ३२ वर्षीय रन्जित तिमल्सेना भने घाइते भएका छन्। ट्रकका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। रासस

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार


अन्य समाचार पढ्नुहोस्