बागलुङ — बाग्लुङमा भएको जीप दुर्घटनामा १४ यात्रु घाइते भएका छन्। दुर्घटनामा पत्रकार उजिर मगरसहित ४ जना गम्भीर घाइते भएका छन्।
गलकोट–९ रिघामा ध १ ज १४९ नम्बरको जिप चिप्लिएर सडक छेउमा पल्टिएको हो। गम्भीर घाइतेलाई गलकोटस्थित आरोग्य अस्पतालमा सामान्य उपचार गरेर पोखरा पठाएको इलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ। सामान्य घाइते भएका १० जनालाई गलकोटमै उपचार गराइएको छ।
दुर्घटनामा परेका पत्रकार मगर नेपाल पत्रकार महासंघका पूर्व महासचिव हुन्। उनको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।