पोखरा– पोखराका विभिन्न सडकमा रहेको चौताराका रुख काटिन थालेपछि उच्च अदालत कास्कीले विपक्षीको नाममा रुख नकाट्न अन्तरिम आदेश जारी गरेको छ।
अदालतले १५ दिनभित्र रुख कटान गर्नुको लिखित कारण पेस गर्न मंगलबार आदेश गरेको हो। उच्च अदालतका न्यायाधीश बालचन्द्र शर्माको एकल इजलासले उक्त आदेश दिएको हो।
राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समितिका तर्फबाट अध्यक्ष रामबहादुर पौडेलले सोमबार उच्च अदालत पोखरामा निषेधाज्ञा परमादेशको माग गर्दै रिट दायर गरेका थिए।
उक्त रिटमा पोखरा लेखनाथ महानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला वन, पोखरा उपत्यका नगर विकास समिति, प्रदेश ४ को उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालय लगायतलाई विपक्षी बनाइएको थियो।
६ महिनायता महानगरपालिकाका वडा नम्बर ५, ६, ७, ८, ९, १० र १३ मा ३ दर्जनभन्दा बढी वरपीपल, समी र आँपका रुख काटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।