काठमाडौं– काठमाडौंमा आजदेखि चौथो व्यवस्थापन तथा आइटी शैक्षिक मेला सुरु भएको छ।
नेपालमा आइटीतर्फ गुणस्तरीय उच्च शिक्षा हासिल गर्न सकिन्छ भन्ने उद्देश्यका साथ काठमाडौंको अन्नपूर्ण होटलमा आयोजित मेलाको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गरे।
मेलामा ५६ वटा स्टल छन्। करिब ३८ वटा कलेजको सहभागिता रहेको मेला आइटीमा उच्च शिक्षा हासिल गर्न चाहनेहरुका लागि उपयोगी माएिको छ। आयोजक संस्था पाठशाला एजुकेसन फाउन्डेसनका निर्देशक सुवास दंगालले आइटी क्षेत्रमा स्कोप बढ्दै गएकाले मेला आयोजनाको कामलाई निरन्तरता दिएको बताए।
२ दिन चल्ने मेलाको ५ हजारभन्दा बढी विद्यार्थीले अवलोकन गर्ने आयोजकको अपेक्षा छ। मेलाले मुलुकलाई प्रविधिमैत्री बनाउन सघाउ पुर्याउने दंगालले जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।