काठमाडौं– जिब्रोमुनी लुकाएर सुन तस्करी गर्न खोज्ने तीन भारतीय त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्। प्रहरीले ५ सय ५९ ग्राम सुनसहित संयुक्त अरब इमिरेट्सबाट आएका भारतीयलाई पक्राउ गरेको हो।
टाँक जस्तो सुनका टुक्राहरु उनले जिब्रोमुनी लुकाएको विमानस्थल प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीले बताए। ‘हामीले बिशेष सुराकीको आधारमा उनीहरुलाई पक्राउ गरेका हौं,’ मैनाली भन्छन्,‘केही दिनअघि मलद्धारमा लुकाएर सुन तस्करी गर्ने ट्रेन्ड देखिएको थियो, अहिले मुखभित्र लुकाएर तस्करी सुन भएको छ।’
पक्राउ पर्नेहरुमा फैजान खान, अदिल र सेयद मोहम्मद कदिफ छन्। उनीहरुमध्ये खान र दलिसँग १ सय ९८ ग्रामका सुनका टाँक बरामद भएको थियो। त्यस्तै कदिफसँग एक सय ६३ ग्राम सुन बरामद भएको छ। उनीहरु भन्सार चेकिङबाट पनि पास भइसकेपछि प्रहरीले पक्राउ गरेको हो।
बरामद सुनको मुल्य २७ लाख ७ हजार रुपैयाँ छ। एक सय ग्राम तस्करी गर्दा ५० हजार रुपैयाँसम्म नाफा हुने भएकाले तस्करीमा गरेको पक्राउ परेका व्यक्तिहरुले बताएका छन्।
मंगलबार मात्र प्रहरीले विमानस्थलमा दुई भारतीयलाई मुखभित्र लुकाएको सुनसहित पक्राउ गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।