काठमाडौं- इंग्ल्यान्डको लर्डस् क्रिकेट मैदानमा हुने त्रिकोणात्मक टी-२० सिरिजका लागि नेपाली क्रिकेट टिमको बिदाइ गरिएको छ।
आज खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले उनीहरुलाई बिदाइ गरे। नेपालसहित मेरिलबोन क्रिकेट क्लब (एमसीसी) र नेदरल्यान्डस्ले आगामी साउन १३ गते प्रतिस्पर्धा गर्दैछन्। शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।
३ दिनपछि नेपालले एकदिवसीय खेलमा डेब्यू गर्नेछ। नेदरल्यान्ड्सविरुद्ध २ खेलको सिरिज खेल्दै नेपालले एकदिवसीय खेलमा डेब्यू गर्नेछ। खेल आगामी साउन १६ र १८ मा नेदरल्यान्ड्समा हुनेछ।
नेपालले गत चैत १ मा एकदिवसीय मान्यता पाएको थियो। नेपालले सन् २०१६ पछि नेदरल्यान्ड्स भ्रमण गर्न लागेको हो।
नेपाली टिम
पारस खड्का (कप्तान), अनिलकुमार साह, बसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सन्दीप लामिछाने, शक्तिप्रसाद गौचन, शरद भेषवाकर, सोमपाल कामी, सुवास खकुरेल
वैकल्पिक खेलाडी – विनोद भण्डारी, प्रदीप ऐरी, सुनील धमला र सुसन भारी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।