काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सम्बोधन गर्ने गण्डकी प्रदेशको संसद बैठकलाई नेपाली कांग्रेसले अवरोध गर्ने भएको छ।
पार्टी केन्द्रको ‘सर्कुलेसन’ अनुरुप प्रदेशसभा बैठक अवरुद्ध गर्ने गण्डकी प्रदेशसभामा प्रतिपक्ष दलका नेता कृष्णचन्द्र नेपालीले बताए। नेपाली कांग्रेसले सरकारविरुद्ध देशभर आन्दोलन गर्ने निर्णय मंगलबार गरेको थियो। सातै प्रदेशका संसद् बैठक अवरुद्ध गर्न कांग्रेसले परिपत्र गरेको छ।
केन्द्रको निर्णय अनुरुप संसद बैठक रोक्न लागिएको बताउँदै नेपालीले भने, ‘प्रधानमन्त्री आउने भएकोले चर्चा पाएको हो। उहाँले सम्बोधन गर्ने कार्यक्रम भए पनि बैठक चल्न दिँदैनौं।'
प्रधानमन्त्रीले अपराह्न १२:४० मा गण्डकी प्रदेशको सभालाई सम्बोधन गर्ने कार्यतालिका बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।