काठमाडौं–फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/०७५ को वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरण अनुसार फर्स्ट माइक्रोफाइनान्सले १० करोड २१ लाख ७६ हजार रुपैयाँ खुद मुनाफा कमाएको छ। जुन अघिल्लो वर्षको तुलनामा २७ दशमलब ४३ प्रतिशतले बढी हो। अघिल्लो वर्ष माइक्रोफाइनान्सले ८ करोड १ लाख ७९ हजार रुपैयाँ खुद मुनाफा कमाएको थियो।
फर्स्ट माइक्रोफाइनान्सले १६ करोड ५९ लाख ३८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ। जुन अघिल्लो वर्ष भन्दा २८ दशमलब ३६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष कम्पनीले १२ करोड ९२ लाख ६७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।
कम्पनीले चौथो त्रैमास सम्ममा चुक्ता पूँजी ६८ करोड ४३ लाख ९४ हजार रुपैयाँ रहेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमास सम्ममा संस्थाले ४५ करोड ५१ लाख रुपैयाँ चुक्त पुँजी पुर्याएको थियो। जुन अघिल्लो त्रैमासको तुलनामा ५० दशमलब ३८ प्रतिशतले बढी हो।
फर्स्ट माइक्रोफाइनान्सको खराब कर्जा अनुपात शून्य रहेको छ भने सम्भावित जोखिमका लागि भने ७३ लाख ८९ हजार रुपैयाँ छुट्याएको छ। संस्थाले रिजर्भ कोषमा १८ करोड ४४ लाख २६ हजार रुपैयाँ छ।
कम्पनीको प्रतिसेयर आम्दानी १४ रुपैयाँ ९३ पैसा (वार्षिक) र प्रतिसेयर 'नेटवर्थ' १ सय २६ रुपैयाँ ९५ पैसा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।