विराटनगर– मोरङको कानेपोखरी जंगलमा लोड भएको एक थान भरुवा बन्दुक बरामद भएको छ।
कानेपोखरी नगरपालिका ५ जहदास्थित जनजागृति सामुदायिक वनबाट बन्दुक बरामद भएको प्रहरीले जनाएको छ। वन कार्यालयका कर्मचारीहरुले नयाँ बिरुवा रोप्न जंगल फाँड्ने क्रममा बन्दुक फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय पथरीले बन्दुक नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।