काठमाडौ– नेपाल प्रहरीले संघीय संरचनाअनुसार थप कार्यालयहरु स्थापना गरेको छ। सबै प्रदेशमा ट्राफिक कार्यालय, दंगा नियन्त्रण गण, सशस्त्र प्रहरी गण तथा विपद् व्यवस्थान कार्यदलहरु स्थापना गरेको छ।
नयाँ कार्यालयहरुमा सोमबार ६ जना एसपीलाई इन्चार्जका रुपमा सरुवा गरिएको छ।
एसपी उमाशंकर पञ्जियारलाई प्रदेश नम्बर २ को सशस्त्र प्रहरी गण जनकपुर र गोविन्दप्रसाद साहलाई दंगा नियन्त्रण गण जनकपुरमा पठाइएको छ।
त्यस्तै एसपी नवीन राईलाई प्रदेश नम्बर ३ ट्राफिक कार्यालय मुग्लिन, लोकेन्द्र श्रेष्ठलाई प्रदेश नम्बर ४ को दंगा नियन्त्रण गण तनहुँ, वीरेन्द्र कुमार बश्याललाई प्रदेश नम्बर ४ को ट्राफिक कार्यालय तनहुँमा सरुवा गरिएको छ।
एसपी वीरबहादुर ओलीलाई प्रदेश नम्बर ५ को सशस्त्र प्रहरी गण कोहलपुरमा सरुवा गरिएको छ।
मंगलबारदेखि ७ वटा संघीय प्रहरी इकाई पनि खारेज गरिएको छ। बाँकी ७ वटालाई केन्द्रीय प्रहरीको प्रतिनिधिका रुपमा जिम्मेवारी फेरेर राखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।