काठमाडौं– भारत भ्रमणमा जान लागेका ६० कर्मचारीको भ्रमणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले रोक लगाएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत भारत भ्रमणका लागि स्वीकृति पाएका ६० कर्मचारीको भ्रमणमा रोक लगाउन कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयलाई निर्देशन दिइएको हो।
‘हेल्लो सरकार’मा राज्यको कर दोहन गरी भारत भ्रमणमा जान स्वीकृति प्रदान गरिएको भन्दै गुनासो आएपछि सो निर्देशन दिइएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
प्रधानमन्त्री कार्यालयले वैदेशिक भ्रमण व्यवस्थापन निर्देशिका, २०७५ को प्रतिकुल हुने गरी वैदेशिक भ्रमण नगर्न/नगराउन पनि परिपत्रमा स्पष्ट पारेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।