चितवन– विमान दुर्घटनामा परेका नेपालीले पनि विदेशी नागरिक सरह क्षतिपूर्ति पाउने भएका छन्।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले अव नेपाली नागरिकले पनि विमान दुर्घटनामा ज्यान गुमाए विदेशी नागरिक सरह करिब डेढ करोड रुपैयाँ क्षतिपूर्ति पाउने व्यवस्था गर्न लागिएको बताए।
मंगलबार चितवनको सौराहामा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले सरकारले नेपालीले पनि विमान दुर्घटनामा ज्यान गुमाए विदेशी नागरिक सरह क्षतिपूर्ति दिनका लागि आवश्यक निर्णय गरिसकेको स्पष्ट पारे। विमान दुर्घटनामा ज्यान गुमाएका नेपालीलाई हालसम्म २० लाख रुपैयाँ क्षतिपूर्ति दिने गरिएको छ।
मन्त्री अधिकारीले नारायणी नदीमा पानीजहाज सञ्चालनका विषयमा पनि अध्ययन भइरहेको जानकारी दिए। उनले नेपालमा पानीजहाज आउन ढिलाइ नहुने दावीसमेत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।