काठमाडौं–विमानस्थलमा सुन तस्करीको नयाँ शैली भेटिएको छ। मुखभित्र लुकाएर सुन तस्करी गर्न खोज्ने दुई भारतीय मंगलबार पक्राउ परेका छन्।
संयुक्त अरब इमिरेट्स(युएई)बाट फर्किएका भारतीय नागरिक रहिस अहमद र मोहम्मद अजामलाई विमानस्थलाई प्रहरीले पक्राउ गरेको हो।
अहमदबाट एक सय १६ ग्राम र अजामसँग एक सय ३९ ग्राम सुन बरामद भएको छ। विमानस्थल प्रहरीका प्रवक्ता एसपी दिनेशराज मैनालीका अनुसार उनीहरु जिब्रोमुनी सुनका टुक्रा लुकाएका थिए।
चेकिङको क्रममा उनीहरु केही नबोली आएका थिए। प्रहरीलाई शंका लागी सोधपुछ गर्दा मुखमा सुनको दाँत जस्तो देखिएको थियो। थप सोधपुछ गर्दा दुवैको मुखमा सुन बरामद भएको हो।
विमानस्थलमा तस्करीको सुनसहित भारतीयहरु बारम्बार पक्राउ पर्ने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।