काठमाडौं- सरकारी कर्मचारीको दुई वटा बाहेक सबै भत्ता आजदेखि खारेज भएका छन्।
गत २६ वैशाखमा मन्त्रिपरिषद्ले पारित गरेको सार्वजनिक खर्चमा मितव्ययिता र प्रभावकारिता कायम गर्नेसम्बन्धी नीतिगत मार्गदर्शनले गरेको व्यवस्था अनुसार कर्मचारीले हालसम्म लिँदै आएका अधिकांश भत्ता कटौती भएका छन्। उक्त व्यवस्था आजदेखि लागू भएको हो।
उक्त व्यवस्था अनुसार अब कर्मचारीले पाउँदै आएका महँगी र स्थानीयबाहेकका सबै भत्ता खारेज भएका छन्।
केही सरकारी कार्यालयका पदाधिकारी तथा कर्मचारीले एक दर्जनभन्दा बढी प्रकारका भत्ता पाउँदै आएका थिए। यस्तो भत्ता कतिपय अवस्थामा तलबभन्दा पनि बढी हुने गरेको थियो।
कार्यसम्पादनमा आधारित प्रोत्साहन प्रणालीलाई पनि वस्तुगत आधारमा सेवाप्रवाहसँग आबद्ध गर्नेगरी पुनरावलोकन गर्ने व्यवस्था उक्त नीतिगत मार्गदर्शनमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।