कतारले विश्वकपका लागि नेपालबाट सुरक्षागार्ड लैजाने

 

Nepal Live

काठमाडौैं– २०२२ फिफा विश्वकप फुटबलको आयोजना गर्न गईरहेको  कतारले ठूलो संख्यामा नेपालीहरुलाई सुरक्षा गार्डमा लैजान कतार इच्छुक रहेको जनाएको छ। मंगलबार गृहमन्त्री रामबहादुर थापा‘बादल’सँगको भेटमा नेपालका लागि कतारका राजदुत युसुफ बिन मोहम्मदले त्यसका लागि आवश्यक परे छुट्टै सम्झौता गर्न तयार रहेको बताएका हुन्। 

विश्वकपका लागि ठूलो संख्यामा सुरक्षागार्डहरु चाहिने भएकाले कतारले नेपालबाट समेत लैजान लागेको हो। 

गृह मन्त्रालयमा भएको भेटमा नेपाल–कतार द्धिपक्षीय सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा छलफल भएको मन्त्री थापाको सचिवालयद्वारा जारी प्रेस नोटमा उल्लेख छ। मन्त्री थापाले सुरक्षा र अन्य क्षेमा समेत दुई देशबीच सहकार्यका लागि आग्रह गरेका थिए। 

राजदुत मोहम्मदले नेपाल र कतार कुटनीतिक सम्बन्ध यो वर्ष ४० वर्ष पुगेको र सो अवसरमा गृहमन्त्री थापालाई कतार भ्रमणका लागि आग्रह गरेका छन्।  कतारमा हाल पाँच लाख बढी नेपाली रोजगारीका लागि पुगेका छन्।  
 
 
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार