काठमाडौैैं– कमजोर आर्थिक अवस्था भएका युवतीलाई ओमान लगेर बिक्रि गरेको आरोपमा प्रहरीले एक व्यापारीलाई पक्राउ गरेको छ। सिन्धुपाल्चोक बाँसखर्क घर भई गोकर्ण बस्ने सुनिल कुमार तामाङलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले पक्राउ गरेको हो।
उनले ओमान पु¥याइएकी एक युवतीलाई नेपाली दुतावासले २१ महिनापछि उद्धार गरेको थियो। उनलाई त्यँहा शारिरीक तथा मानसिक यातना दिइएको थियो।
सो घटनामा संलग्न राजेन्द्र बाँनियालाई सिआइबीले जेठ २० गते पक्राउ गरेको थियो। तामाङ फरार रहेकोमा शंकरापुर– ६ बाट उनलाई पक्राउ गरिएको सिआइबीका एसपी कृष्ण हरी शर्माले बताए।
अभियुक्त तामाङ घर÷जग्गा कारोबारी हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।